१६ असार, झापा ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाको दमक नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमाले र राप्रपाका नेताको मत बराबर भएको छ ।

राप्रपाको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८०१८०१ मत प्राप्त गरेपछि विजयी घोषणा हुन सकेको छैन ।

अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । यसअघि राप्रपाले जितेको भनिएको थियो । तर एमालेले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको हो ।

सम्भव त त्यहाँ अहिले केही बेरमा गोला प्रथाद्धारा विजयी उम्मेदवार घोषणा गरिनेछ । यो जितले नेकपा एमालेलाई पनि धक्का लागेको छ । गृह जिल्लामा राप्रपासँग एमालेको कडा प्रतिष्पर्धा भएपछि यो नतिजाले एमाले अध्यक्ष केपी ओलीलाई पनि धक्का दिएको छ ।