१३ मंसिर, काठमाडौं ।

साढे दुई महिनासम्म पनि नाकावन्दी नहटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दुतको रुपमा एमाले सचिव प्रदिप ज्ञवाली भारत प्रस्थान गरेका छन् ।

सचिव ज्ञवाली एमााले नेता उदयराज राण्डेका साथ शुक्रबार नै दिल्ली गएका हुन् । तर उनको भारत भ्रमणका एजेण्डा सार्वजनिक गरिएको छैन ।

Pradeep Gywali 1

दिल्लीमा रहँदा ज्ञवालीले भारतीय सत्तारुढ दलका नेताहरुसँग उच्च स्तरिय राजनीतिक भेटघाट बताइएको छ । तर एमाले प्रचार विभाग सचिव सूर्य थापाले भने भेटघाटको कार्यक्रम रहेपछि कहिले को सँग भेट्ने भनेर तय भइनसकेको बताए ।

ओलीको आफैं ढल्ने तयारी !

उनले भेटवार्ताका क्रममा भारतले जारी राखेको अघोषित नाकावन्दीका बारेमा नरेन्द्र मोदी नेतृत्वको सरकारको ध्यानाकर्षण गराउने छन् ।

थापाका अनुसार भारतीय कम्युष्टि पार्टीको सेमिनारमा भग लिन ज्ञवाली दिल्ली गएका हुन् । श्रोतका अनुसार ज्ञवालीको भारत भ्रमण पछि नाकावन्दी हट्ने अपेक्षा ओली सरकारले गरेको छ ।

घेराबन्दीमा पर्दै ओली, भारत, मधेशी मोर्चा र कांग्रेसको एउटै दाउ !

असोज ३ गते संविधान जारी गर्ने तयारी भइरहेका बेला पनि ओलीको विषेश दुतका रुपमा ज्ञवाली गत भर्दौ २९ गते भारतको नयाँ दिल्ली गएका थिए ।