८ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई नेपालमा रेल सञ्जाल निर्माण गरिदिन आग्रह गरेका छन् । चीनको सीमा सम्म रेल ल्याएर नेपालसँग जोड्न र नेपालको आन्तरिक रेल सञ्जालका लागि समेत ओलीले चीनलाई आग्रह गरेका हुन् ।

चिनियाँ समकक्षी लि खच्याङसँगको भेटमा ओलीले उनले चीनसँग नेपाल र चीनबीचको रेलमार्ग र नेपाल भित्रै पनि रेलमार्ग विस्तारका लागि आग्रह गरेका हुन् । ओलीले नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

Chinese Premier Li Keqiang talks to Nepal Prime Minister Khadga Prasad Sharma Oli during a signing ceremony at the Great Hall of the People in Beijing

ओलीसँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली ले नेपालमा बनेको संविधान र संविधान निर्माणको प्रक्रियाको पनि प्रशंसा गरेका छन् । चीन नेपालमा राजनीतिक स्थायित्व र समृद्धीको पक्षमा रहेको उनको भनाइ थियो ।

चीनले नेपाललाई दिएको सबैभन्दा ठूलो उपहारः भारतीय नाकाबन्दीमा समेत असर नहुने

रेल सञ्जालबारे चिनियाँ प्रधानमन्त्रीले ठोस जवाफ नदिएपनि सकारात्मक संकेत गरेको बताइएको छ । नेपालमा चीनले रेल सञ्जाल बनाइदिने प्रस्ताव गरे लगत्तै भारतले पनि नेपालमा रेल सञ्जाल बनाउने इच्छा देखाउँदै आएको छ ।

ओलीले राखेको प्रस्ताव स्वीकृत भएमा नेपालको रुप रेखा बदलिने मात्र होइन भारत र चीनबीच नेपालीमा रेल क्षेत्रमा लगानी गर्न हानाथाप हुने अवस्था समेत आउने देखिएको छ ।

चीन र नेपालबीच यातायात पारवहन सहित १० सम्झौतामा हस्ताक्षर

आजै चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।