१२ असार, काठमाडौं ।

असार १४ को निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सिमानाकामा संयुक्त गस्ती शुरु गरिएको छ । भारतसँग सिमा जोडिएका नाका बन्द गरेर संयुक्त गस्ती शुरु गरिएको हो ।

कञ्चनपुरसंग सिमा जोडिएका गड्डाचौकी नाका र वेलौरीको खजुरिया नाकामा नेपाल भारत दुवै पक्षले बन्द गरी कडाईका साथ संयुक्त गस्ती गरेका छन ।

जिल्ला प्रसासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार विहान पाँच बजेदेखि नाका शिल गरिएको हो । अव नाका १४ गते बेलुकी पाँच बजेपछि मात्र खुल्ले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।

सिमा क्षेत्रमा सुरक्षा चेकजाचलाई थप कडाई गर्न र अपराधिक गतिविधिमा सुक्ष्म रूपमा निगरानी गर्नका लागि नेपाल र भारतका सिमा क्षेत्रमा दुवै देशका सुरक्षा फौजको संयुक्त सुरक्षा गस्तिहरू संचालन गरिएको हो ।