१० साउन ।खाडी मुलुक कतारलाई  चार अरब देशले लगाएको नाकाबन्दी ५० दिनमा प्रवेश गरेको छ । जुन २१ मा साउदी अरब, युएई, बहराइन र इजिप्टले  मुस्लिम चरमपन्थीलाई सहयोग गरेको लगायत आरोप लगाउँदै कतारसंग सम्वन्ध तोडेका थिए।

 

त्यस यता ती देशले खाडीको सानो मुलुक कतारमा सबै किसिमका बस्तु निर्यातमा प्रतिबन्ध लगाएका छन्।

 

कतारकी राजकुमारी

केही समय यता कतार र चार देशबीच सम्वन्ध सुधार गर्ने प्रयत्न नभएको होइन तर समस्या उस्तै छ। बरु उल्टै कतार अरबका शक्तिशाली मुलुकहरु इरान र टर्कीसंग नजिकिन थालेको देखिएको छ।

 

नाकाबन्दीपछी कतारको आन्तरिक एकता भने  मजबुत देखिएको छ।  नाकाबन्दी ५० दिना पुग्दा कतारीहरुले सामाजिक सञ्जालमा नाकाबन्दीहरु देश एकजुट भएको भन्दै खूसियाली व्यक्त गरेका छन्।

 

कतारमा #FiftyDaysSinceTheSiege ट्रेण्ड गरिरहेको छ।

ट्विटरमा सुलैती लेख्छन्-हामी कहिलै यति बलियो, एक  र सचेत थिएनौ। अब यहाँबाट सधै माथि नै जाने हो।

त्यस्तै फातिमा लेख्छिन्-हामी अहिलेसम्मकै बलिया भएका छौ। हामी हाम्रो अमिरलाई माया गर्छौ र उनलाई विनाशर्त समर्थन गर्दछौ।

 

त्यस्तै alhajri1101 ह्यान्डलबाट लेखिएको छ-कतारको इतिहासमै पहिलो पटक हामीले  लगातार ५० दिन राष्ट्रिय दिवास मनायौं ।

 

धेरै कतारीले सामाजिक सञ्जालमा अफ्ट्यारो समयमा देश एक भएको भन्दै गर्व महसुस गरेको लेखेका छन्।