कपालको रेखदेख गर्दा कहिले यस्तो गल्ती गर्न पुगिन्छ जसले उल्टो चाँया बढ्ने, कपाल झर्ने अनि कपला सुख्खा हुने गर्छ। कपाललाई लिएर यी १० गल्ती नगर्नुस्:HairLoss

१. रातभर तेल लगाएर सुत्नाले कपाल टुट्ने अनि फोहोर हुने हुन्छ। नुहाउने नै भए नुहाउनु १ घण्टा अघि मात्र कपालमा तेल लगाउनुस्।

२. दैनिक स्याम्पुले कपाल धुँदा कपाल कमजोर हुन्छ। कपाल झर्ने समस्या बढ्छ। अधिकतम स्याम्युमा केमिकल्सको प्रयोग हुदाँ अत्याधिक प्रयोगले कपाल सुख्खा बनाउँछ।

३. भिजेको कपालमा गम्छाले मज्जाले रगड्ने बानी गर्न हुन्न। पहिले कपाललाई हावामा सुक्न दिनुस् अनि बिस्तारै पुछ्नुस्।

४. तालुमा नियमित मसाज नगर्दा कपालको जरा कमजोर हुन्छ। ओलिभको तेलले नियमित मसाज गर्नुस्।

५. कपाल सुकाउन हेयर ड्रायरको प्रयोग नगर्नुस्। गर्नै परे निकै कम तापक्रममा डायर चलाउनुस्।

६. सहि समयमा कपाललाई ट्रिम गर्नुस्। यसो नगर्दा हांगा फाट्ने अनि कपाल पातलो हुन्छ।

७. कपालमा कन्डिसरन लगाएपनि कम पानीले धुदाँ कपाल झर्ने, चाँया अनि हांगा फाट्ने समस्या आउँछ। पर्याप्त पानीले राम्रोसंग कपाल धुनुस्।

८. खानाको समय अनि पोषण नपुग्दा कपाल झर्ने, अनि हांगा फाट्ने समस्या आउछ। फलफुल, हरियो सागपात अनिवार्य खानुस्। जङ्क फुड खानबाट बच्नुस्।