कपाल सुन्दर बनाउने नाममा कैयौ व्यक्तिले विभिन्न कपालमा विभिन्न रङहरु लगाउने गर्दछन् । तर ती रंगहरुले गर्ने असरको बारेमा कसैले ध्यान दिदैनन् । बजारमा पाइने हेयर ट्रिटमेन्ट तथा कलरहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ । जसको असर सिधै कपाल तथा टाउकोमा पर्न जान्छ । त्यसैले यस्ता वस्तुहरु प्रयोग गर्नुपुर्व यी कुरामा ध्यान पुर्यान जरुरी छ ।

१. कपालमा प्रयोग गरिने हेयर कलरमा क्षार तथा पिपिडी नामक केमिकल हुन्छ । यसले छालामा रातो दाग र धब्बा बनाउँछ ।

२. नियमित रुपमा हेयर कलर प्रयोग गर्नाले कपालमा भएको पौष्टिक तत्व नाश भइ कपाल रुखो हुने तथा झर्ने समस्या सुरु हुन्छ ।

३. मेहेन्दीबाट आउने वास्नाले फोक्सो तथा स्वासप्रश्वास प्रणालीमा सिधै नकारात्मक असर पार्दछ ।

४. हेयर करलमा पाइने केमिकल्स्ले कपाल तथा छालाको एलर्जी गराउदछ ।

५. हेयर कलरको असर आँखामा बढि पर्छ । यसले आँखा पोल्ने र दुख्ने समस्या उत्पन्न हुन्छ ।

६. हेयर कलरले अनुहारमा दाग तथा एलर्जी आउने हुन्छ ।

७. लगातार हेयर कलर लगाउनाले कपालमा चाँया पर्दै जान्छ ।

८.लामोसमयसम्म हेयर कलर प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा हुन सक्ने कैयौ अध्ययनले जनाएको छ ।