१४ चैत, एजेन्सी ।

कपिल शर्मा र आफ्नो झगडाप्रति अहिलेसम्म चुपचाप बसेका सुनिल ग्रोभरले पहिलो पटक आफ्नो बयान दिएका छन् ।

एक अखबारलाईं अन्तरवार्ता दिँदै सनिलले भनेका छन्, ‘म निक्कै ‘रिल्याक्स’ छु र म आफ्नो भबिष्य योजनालाई लिएर गहिराईबाट सोच–विचार गरिरहेको छु । यो जुन तमाशा चलिरहेको छ, त्यसलाई खाली चुपचाप हेरिरहेको छु । यो निक्कै मनोरञ्जक लागिरहेको छ ।’

यो पढ्नुस् : बढ्यो चिन्ता, कपिल शर्मालाई ‘एयर इन्डिया’को चेतवानी !

सुनिलका एक साथीले कपिलले सुनिलसँग भेटेर कुराकानी गर्ने निक्कै प्रयास गरेको, तर सुनिल कपिलको कुनै पनि प्रकारको वार्तालापको मुडमा नरहेको बताएका छन् । सुनिलले आफू अहिले आफ्नी श्रीमती र छोरोसँग कुनै अन्जान ठाउँमा बिदा मनाउने मुडमा रहेको पनि बताए ।

सुनिलका साथीका अनुसार, धेरै पटक कपिलले सुनिल र टिमका अन्य सदस्यको खिल्ली उडाए र कपिलले यस पटक विवाद धेरै पर पुगेका कारण मात्रै माफी मागेका हुन्, नभए कपिलको प्रतिक्रिया(व्यवहार) सँधै उस्तै हुन्छ ।

गएको हप्ता आफ्नो कमेडी शोमा कपिल शर्मालाई एक्लै दर्शक हसाउँन परेको थियो र धेरैजसो दर्शक उनले गुमाएका छन् । कपिलको अनुहारमा सुनिल, ग्रोभर, अली अजगर र चन्दन प्रभाकरबिना दर्शक हसाउँन कति गाह्रो हुन्छ भन्ने छर्लंंग देखिएको थियो ।