७ फागुन, एजेन्सी ।

चर्चित कमेडियन कपिल शर्मालाई उनका एक फ्यानले उनकी श्रीमतीको लागी भनेर उपहार दिइसकेका छन् । श्रीमतिकै लागि उपहार आउने गरेपनि  कपिलले भने आफ्नो विवाहको लागी तत्कालै कुनै योजना बनाएका छैनन् ।

तर कुनै बेला थियो उनले आफ्नो विवाहको तयारी समेत गरिसकेका थिए । र कारणवस उनको त्यो तयारी विवाहमा परिणत हुन सकेन । जुन युवतीसंग उनको विवाह हुने भनिएको थियो, उनको नाम भवनीत गिन्नी चरतथ थियो । जुन उनका भाइ अशोक शर्माले खुलासा गरेका थिए ।

कपिल तिनै युवतीसंग विवाह गर्न चाहन्छन् । र उनलाई माया गरेर गिन्नी भन्दै बोलाउथे । दुवैले संगै ‘कमेडि सो हस बलीए’मा काम गरिसकेका छन् । २०१५ मा कपिल उनको विवाहको खुबै चर्चा चलेको थियो ।

२०१५ मा जव कपिलले यशराजको फिल्म ‘बैँक चोर’ मा खेल्ने मौका गुमाए, त्यतिबेला पनि उनको विवाहबारे एकदमै चर्चा भइरहेको थियो । त्यसलगत्तै कपिलले अब्बास मस्तानको फिल्म ‘किस किसको प्यार करु’ मा काम गर्ने मोका पाए, त्यसैमा व्यस्त भए । त्यसपछि उनको विवाह हल्ला मै सिमित भयो। त्यसपछि कपिलको नाम प्रोडक्सन हाउस ‘के ९’ का निर्देशक प्रिती सिमोससंग जोडिन थाल्यो । तर कपिलले कहिल्यै पनि आफ्नो यस सम्बन्धबारे केहि बोलेका छैनन ।