८ फागुन, एजेन्सी ।

महेन्द्र सिंह धोनीले अब आइपीएलमा कप्तानी गर्न नपाउने भएका छन् ।  ‘राइजिंग पुने सुपरजायन्ट्स’ले धोनीलाई कप्तानबाट हटाएको छ ।

‘राइजिंग पुने सुपरजायन्ट्स’ धोनीको ठाउँमा अष्ट्रेलियन कप्तान स्टिभ स्मिथलाई कप्तान बनाएको छ । राइजिंग पुने टिमका मालिक संजीव गोयन्काले भने, ‘आईपीएलको यस सीजनका लागि स्मिथ कप्तान हुनेछन् । यद्यपी, धोनी एक असल कप्तान हुन् । हामीलाई युवा टिम चाहिएको थियो, त्यसैले धोनीलाई हटाइयो र उनले हाम्रो फैसलालाई स्वागत गरेका छन् ।’

हालै मात्र धोनीले टीम इन्डियाको वन–डे र टी–२० को कप्तानीबाट राजिनामा दिएका थिए । जानकारी रहोस्, इन्डियन प्रिमियर लिग – २०१७ को पहिलो खेल ५ अप्रिलदेखि हैदराबादको राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियममा हुदैछ ।