८ असार, लाहान । सिरहाको नरहा गाउँपालिका ५ मा आज विहान करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

नरहा गाउँपालिका ५ नरहा बलकवा घर भएका भिनाजु रोहित यादवको घरमा बस्दै आएका धनुषा चिडिया बस्ने २० वर्षीय बीरेन्द्र कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।

खेतमा पानी हाल्नका लागि विद्युतीय मोटर चलाउने क्रममा बिहान १० बजेतिर अचानक करेण्ट लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।