७ साउन, काठमाडौं । बिद्युतको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेण्ट लागेर पर्वतमा एक जनाको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले दिएको जानकारी अनुसार बिद्युतको पोल परिवर्तन गर्ने क्रममा पर्वतकै कुश्मा नगरपालिका वडा नं. १ पाङ घर भएका २२ वर्षीय खगराज केसीको मृत्यु भएको हो ।

शनिवार विहान मोदी गाउँपालिका वडा नं ३ स्थित जयले गाउँमा काठको पोल विस्थापन गरी फलामको पोलमा तार टाँग्ने क्रममा अकस्मात बिद्युत प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यू भएको हो ।

पछिल्लो चार दिनदेखि गाउँमा बिद्युत अबरुद्ध आएको भएपनि तार टाँग्ने क्रममा केसीले विद्युत प्राधिकरणमा जानकारी दिएरै पोलमा चढेको भएपनि अकस्मात बिद्युत प्रबाह गरिदिएका कारण उनको मृत्यू भएको हो ।

केसीका आफन्त र स्थानीयबासीले नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रको लापरबाहीका कारण उनले ज्यान गुमाउनु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।