धुलिखेल, ९ असार । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल चोकमा आज करेन्ट लागेर सिन्धुली अमलबासका ३५ वर्षीय विकास ब्लोनको मृत्यु भएको छ ।

सोही ठाउँको दुग्ध विकास संस्थानको मूलढोका अगाडि रहेको रुख काट्ना लाग्दा हाँगाले विद्युत्को मुख्य लाइनमा छोएर करेन्ट लाग्दा रुख काटिरहेका ब्लोनको मृत्यु भएकोे प्रहरी चौकी पनौतीका इन्चार्ज शिवहरि कार्कीले जानकारी दिए । रासस