सुन्दर पहिरन र आकर्षक श्रृङ्गार तथा फेशन कसलाई मन नपर्ला ? तर अति फेशनएवल लुगा, जुत्ता चप्पल लगाउनाले उठ्न बस्न मात्र नभई स्वास्थ्य समस्याको कारण समेत बन्न सक्छ।

व्रिटिस काइरोप्रेक्टिस एसोसियसन विपिएका अनुसार एकदमै कसिला जिन्स पाइन्ट, टिसर्ट, घाटीको टाई, कसिलो स्कर्ट, हिल जुत्ता र भारि ह्यान्ड व्यागको प्रयोगले शरिरमा हानी पुर्याउन सक्छ । चार्टर्ड सोसाइटी अफ फिजियोथेरापि र अन्य विशेषज्ञले समेत यसमा थप पुष्टि गरेका छन् ।

१. कसिलो जिन्स

कसिलो जिन्स पाइन्ट लगाउनाले काम गर्नमा अवरोध हुनुका साथै, शरिरको नशा तथा रक्तसञ्चारमा दबाव पर्न जान्छ । यसले विशेषगरि महिलाको तिघ्रा र पेल्भिकमा असर गर्छ ।

२. गह्रौ ह्याण्ड व्याग
गह्रौ व्याग बोेक्नु महिलाको पिठ्यु तथा काध दुखाईको मुख्य कारण बन्न सक्छ । हामीले बोक्ने साइड व्यागले काधमा बढि भार पर्न जान्छ । जसको कारण गर्धन दुख्ने र व्याग बोक्ने साइड बढि झुक्ने हुन्छ ।

३. गह्रौ ज्याकेट
गह्रौ टोपिसहितको कोट वा ज्याकेट लगाउनाले टाउको र गर्धनमा भार तथा दबाव पर्न जान्छ । कारण नशा तथा मांशपेसी दुख्ने समस्या हुन्छ ।

४.हाई हिल्स र स्लिपलेस जुत्ता
हाई हिल भएको जुत्ता लगाउनाले शरिरलाई एउटै स्थितीमा राख्छ अर्थात शरिर सजिलै चलायमान हुन पाउदैन । कारण ढाड, खुट्टा तथा हाडजोर्नीको समस्या हुन जान्छ । साथै व्याकलेस (पातलो सोल भएको) जुत्ता लगाउनाले खुट्टाको पछाडिको भागले सपोर्ट पाउदैन । जसले खुट्टा तथा गर्धन दुख्ने समस्या पैदा हुन्छ ।

आफुलाई मनपर्ने स्ट्रेचेवल जिन्स, हल्का साईड व्याग तथा सामान्य हिल जुत्ता प्रयोग गर्दा तुलनात्मक रुपमा कम असर हुन्छ । साथै यस्तो जीवनशैलीले निम्तिएको प्रभाव कम गर्न केही सुझाव:

  • हरेक समय सक्रिय रहने
  • निद्रा पुग्ने गरि सुत्ने
  • चिन्ता कम तथा तनावमुक्त रहने
  • आफ्नो शरिरको तौल सन्तुलनमा राख्ने
  • कम्मर दुख्नेबारे थप जानकारी लिइराख्नाले शरिरलाई फाइदा हुन सक्छ ।