४ मंसिर, काठमाडौं । पूर्वगृहराज्यमन्त्री भिमराज राजवंशी र कांग्रेस नेता उमेश गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काँग्रेस नेता गिरी र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका नेता राजबंशीलाई बिराटनगरमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका आरोप लागेका गिरी काँग्रेसकै आलोचना गर्दै एमालेमा प्रवेश गरे ।

गिरीमाथि विराटनगरका उद्योगी तुल्सीराम अग्रवालको अपहरणमा संलग्न रहेको आरोप समेत छ ।