६ असार, ताप्लेजुङ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाका तीनवटा वडाबाट तीनजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ ।

निर्विरोध निर्वाचित हुनेमा फक्ताङ्लुङ गाउँपालिका–६ मा उमा लाम्गादे, मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजङ्घा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन् । तीनवटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो ।

विजयी सुरुवातसँगै ती वडामा काँग्रेसले विजयी उत्सव मनाउन थालेको छ । मिक्वाखोला–३ मा विजयी बनेकी लक्षीमाया विश्वकर्मालाई सोमबार बाजागाजासहितको ¥याली आयोजना गरी वडामा भित्र्याइएको थियो ।