१२ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा माओवादीको प्राथमिकता नेपाली कांग्रेस र एमाले नभई मधेसका परिवर्तनकारी शक्तिहरु भएको बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा नेता पौडेलले मधेसमा माओवादी केन्द्र दोस्रो ठूलो दल बन्ने दावी गर्दै मधेसका परिवर्तनकारी शक्तिहरु संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल हुने बताए ।

यसको लागि ति दलहरुसँग छलफल सुरु भईसकेको उनले जानकारी दिए । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई अतिरिञ्जित गर्न नहुने भन्दै भ्रमणको क्रममा राष्ट्रलाई अहित हुने कुनै सन्धी सम्झौता नभएको तर्क गरे ।