१० साउन काठमाडौं ।
राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा लगत्तै ०३६ मा केन्द्रीय कार्यालय खोलेको नेपाली कांग्रेस अहिले ललितपुर सानेपास्थित बीपी नगरमा आफ्नै भब्य भवनमा केन्द्रीय कार्यालय चलाउछ ।
२८ कोठाको तीनतले यो भवन प्रायः सुनसान रहन्छ । जिल्लाबाट बेलाबेला आर्यपुग्ने कार्यकर्ता र कर्मचारीबाहेक पार्टी कार्यालयमा नेता–कार्यकर्ता बिरलै झुल्किन्छन् ।
बटोसहित ६ रोपनी ८ आना क्षेत्रफलमा निर्मित प्रयोगविहीन झै छ । ११ हजार ४ सय स्क्वायर फिट ओगटेको भवनमा तीन हल, पुस्तकालय, चमेनागृह, पे्रस कोठा बाहेक २८ कोठा छन् ।
सभापति र पदाधिकारीका लागि अलग अलग कार्यकक्ष छन् । सभापति सहित अधिकांश नेताले नै कार्यालय प्रयोग गर्न छाडेपछि कार्यकर्ता पनि त्यहाँ जान छाडेका छन् । जिल्लाबाट आउने नेताहरु पनि घरघरमै पुग्ने गर्छन् । पार्टीलाई संस्थागत रुपमा अघि बढाउने उद्घोष गरेका सभापति सुशील कोइराला नै पार्टी कार्यालयमा भन्दा घरमै बढि रमाउने गरेको नागरिक दैनिकले खबर छापेको छ ।