३ असोज, काठमाडौं ।

राजधानीमा संविधान जारी गर्नका लागि भव्य तयारी भैरहँदा मधेशमा भने तनाव देखिएको छ ।

बीरगञ्जमा गोली चल्दा प्रदर्शनकारीको मृत्यु भएको छ भने अन्य क्षेत्रमा पनि तनाव देखिएको छ ।

बीरगञ्जमा गोली चल्यो, एक जनाको मृत्यु

यसैबीच नेपाली कांग्रसकी सभासद सीतादेवी यादवको सिरहास्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

आन्दोलनकारीले राजविराज स्थित प्रमुख जिल्ला अधिकारीको निवासमा ढुङ्गामुढा गरेको समाचारमा जनाइएको छ ।