काठमडौँ, २४ माघ ः नेपाली काङ्ग्रेसले प्रजातन्त्र सेनानी पर्साका श्रीराम उपाध्याय र पाँचथरको साविक आङसाराङ गाउँ कार्यसमितिका पार्टी सभापति डिल्लीकुमार आङ्देम्बेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उहाँहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रजातन्त्र सेनानी उपाध्यायको यही माघ १४ गते र गाउँ कार्यसमितिका सभापति आङ्देम्बेको माघ २३ गते निधन भएको थियो ।

बैठकले काङ्ग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरुले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्य बलबहादुर केसी, डा नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, डा शेखर कोइराला, डा चन्द्रकान्त भण्डारी, शङ्कर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र वीरबहादुर बलायरले आआफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २८ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । –––

(रासस)