११ असार, हेटाैंडा । काठमाडौंबाट सर्लाही जान लागेकाे ना १ ज ३७०१ नम्वरकाे टाटासुमाे दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु भएकी महिलाकाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

मकवानपुरकाे ईन्द्रसराेवर- २ ज्यानमिरेमा भएकाे दुर्घटनामा ९ जना घाईते भएका छन् ।

घाईते मध्य एक जनाकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाईएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।