१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले अग्रता लिएकी छिन् । अहिलेसम्म गणना गरिएको मतमा रञ्जुले १९ मत ल्याएकी छिन् ।

नेकपा एमाले र राप्रपाका संयुक्त उमेद्बार विद्यासुन्दर शाक्यले १७ र नेपाली काँग्रेसका राजुराज जोशीले १४ मत ल्याएका छन् ।

त्यसैगरी साझा पार्टीका किशोर थापाले ६ मत पाएका छन् । मतगणना निकै सुस्त भइरहेको छ ।