११ जेठ, काठमााडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा काँग्रेस उमेद्बारको जित निश्चित भएको छ ।

गन्न बाँकी रहेको मत भन्दा निकटतम प्रतिष्पर्धि सँग उनीहरु मतान्तर बढी रहेकाले जित निश्चित भएको हो । १ लाख ७२ हजार मत खसेको काठमाडौंमा १ लाख ५९ हजार मत गणना गरिसकिएको छ । अब १३ हजारको हाराहारीमा मत गन्न बाँकी छ ।

तर प्रमुख पदका एमाले उमेद्बार विद्यासुन्दर शाक्य निकटतम प्रतिष्पर्धि काँग्रेसका राजुराज जोशीभन्दा १५ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो परिणाम अनुसार शाक्यले ५२ हजार ३ सय ९० र जोशीले ३६ हजार ९ सय ८१ मत ल्याएका छन् ।

उपप्रमुख पदमा पनि काँग्रेसकी हरिप्रभा खड्गी निकटतम प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठभन्दा झण्डै २० हजार मतले अगाडि छिन् । खड्गीले ४८ हजार १ सय १ र श्रेष्ठले २८ हजार ४ सय २० मत प्राप्त गरेका छन् । त्यसैले प्रमुखमा शाक्य र उपप्रमुखमा खड्गीको जित औपचारिक घोषणा गर्न मात्रै बाँकी छ ।

प्रमुख पदमा विवेकशील नेपाली दलकी १९ हजार २ सय ५६, साझा पार्टीका किशोर थापाको १४ हजार ८ सय ६१ र नेकपा माओवादी केन्द्रका सर्वोत्तममान डंगोलको ५ हजार ९ सय ७८ मत रहेको छ । मतगणना अन्तिम चरणमा पुगेकाले अन्तिमा नतिजा भोली बेलुकासम्म आउने अनुमान गरिएको छ ।