५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मत परिणाम अहिले रोचक बनेको छ । अहिले एमाले र कांग्रेसबीचको मत अन्तर फराकिलो भएको छ ।

पछिल्लो मत परिणाम अनुसार काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले ८ हजार ६ सय ९१ मत ल्याएका छन । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशीले ५ हजार ९ सय ७७ मत ल्याएर दोस्रो स्थानमा छन ।

त्यस्तै विवेकशील पार्टीकी रन्जु दर्शनाले ३ हजार २ सय ८६ मत ल्याएर तेस्रो स्थान सुरक्षित पारेकी छन । त्यस्तै साझा पार्टीका किशोर थापाले २ हजार ७ सय ५० मत प्राप्त गरेका छन ।

त्यस्तै उपमेयरमा कांग्रेस ८ हजार ३ सय १४ मत सहित पहिलो स्थानमा छन भने राप्रपाका उम्मेद्वार ५ हजार ६३ मत सहित दोस्रो र १ हजार ३ सय २६ मत सहित साझा पार्टीका उम्मेद्वार तेस्रो स्थानमा छन । मतगणना अहिले पनि जारी छ ।