१७ फागुन, रूकुम । रूकुमको मग्मा गाविसकी एक महिलाको कानबाटै एक तोला सुन लुटिएको छ । मग्गा गाविस वडा नम्बर ५ की ४८ वर्षीया अमृता खत्रीले कानमा लगाएको एक तोला बराबरको सुन दुई जना लुटेराले लुटेका हुन् ।
स्थानीय जङ्गलमा घाँस लिन गएकी खत्रीलाई लुटेराहरुले चक्कु देखाएर धम्क्याउँदै लगाएको सुन खोल्न लगाएका थिए । लुटेरा दुवैले मुखमा कालोपट्टी बाँधेका कारण उनीहरु को हुन् भनेर आफूले चिन्न नसकेको पिडित खत्रीले बताएकी छिन् ।