१४ भदौ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओली स्वास्थ्य उपचारको लागि बैंकक प्रस्थान गरेपछि कार्यवहाक अध्यक्ष एवं पार्टीका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् ।

पत्रको विषयलाई लिएर २ नेताबीच बालुवाटारमा चर्काचर्की

स्थानीय निकायको पुर्नसंरचना, संविधान कार्यान्वय, संविधान संशोधन लगातको बारेमा छलफल भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवहाक सभापति कुनै नेतालाई नदिए पनि प्रधानमन्त्री प्रचण्डले छलफलको लागि पौडेललाई बोलाएका थिए ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओली र सत्तासाझेदा दल कांग्रेस सभापति देउवा स्वास्थ्य उपचारको लागि विदेशिएपछि प्रचण्डले गौतम र पौडेलसँग संवाद गरेका छन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले एमालेका कार्यवहाक अध्यक्ष गौतमलाई प्रतिपक्ष दलको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । जवाफमा गौतमले देश र जनताको हितमा हुने कामप्रति एमालेका साथ र समर्थन हुने विश्वास व्यक्त गरेका थिए ।

अवज्ञा गरेको भन्दै किम जोङ उनले दिए मन्त्रीलाई फाँसी

तीन दलबीच संविधान कार्यान्वयन, स्थानीय निकायको पुनसंरचना र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनको लागि निरन्तर संवाद गर्ने सहमति भएको छ ।