निकै तामझामका साथ एप्पल कम्पनीले आईफोन ७ लाई बुधबार लञ्च गर्यो। हाइ रिजोलुसनको क्यामेरा र हेड फोन ज्याक गायब पारिएको आईफोन ७ मा अरु धेरै कुरा उल्लेखनिय परिवर्तन भने छैन्।iphone 7 10127347

दुइ चौमासिक यता आईफोन कारोबार घटेको एप्पले कम्पनीले नै जानकारी गराएको छ। आईफोन ७ ले पनि कारोबारमा ठुलो उछाल ल्याउनेमा आशंका कायमै छ। किनेभने केही मानिसहरु आईफोन ७ लाई होइन आईफोन ८ लाई कुर्दैछन्। तापनि यो पटक एप्पलले नयाँ आईफोनको निर्माण १० प्रतिशतले बढाएको भने छ।

यो पढ्नुस्: क्यामेरा र हेडसेटमा छलाङ मार्दै लञ्च भयो नयाँ आईफोन, यस्ता छन् विशेषता

सन २०१७ मा सार्वजनिक हुने आईफोन ८ खास हुनुको अर्को कारण पनि छ। त्यो हो आईफोन दशौं वर्षगाँठ। लञ्च भएको दश वर्षको उपलक्ष्यमा आउने आईफोन ८ खास हुने अनुमान छ । आईफोन ८ लागि एप्पलले विशेष मेहेनत गर्दे गरेको बताइन्छ।

त्यसैले यदि तपाईसंग अर्को एक वर्ष कुर्ने समय छ भने आईफोन ८ कुर्दा पनि फरक नपर्ने देखिन्छ।iphone 8 photo 5792715

एक वर्ष पछि आउने आईफोन ८ का केही सम्भावित फिचरहरुले अहिले इन्टरनेट भरिएका छन्।

हर्ट रेट, सक प्रुफ, एसपीओटु र थर्मोमिटर समेतका सेन्सर जडान गरि अहिलेसम्मकै उत्कृष्ट आईफोन आउने अनुमान व्याप्त छ।

दश वर्ष पहिले सन् २००७ जुन २९ मा पहिलो पटक आइफोन सार्वजनिक भएको थियो। सो आईफोन एप्पलका सह-संस्थापक स्टिभ जब्स् आफैले एक भव्य समारोहको बिच दमदार तरिकाले रिलिज गरेका थिए। हेर्नुस् विश्वलाई मोबाइल प्रविधिमा छलाङ लगाएको पहिलो आइफोन यसरी सार्वजनिक गरिएको थियो, भिडियो: