२३ वैशाख, एजेन्सी।

अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी र दक्षिण कोरियाको गुप्तचर सेवा विभागलाई उत्तर कोरियाले शुक्रबार आफ्ना उच्च नेता किम जोङ उनलाई बायो-केमिकल हतियार प्रयोग गरि हत्याको योजना रचेको आरोप लगाएको छ।

उत्तर कोरियाले आफ्नो छेटौं परमाणु परीक्षण वा अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने सम्भावनको कारण हप्तौं देखि कोरियाली प्रायद्विपमा तनाव उच्च छ।

अमेरिकाले कोरियाली प्रायद्विपमा आफ्ना हतियारहरु ल्याएसंगै सो क्षेत्रलाई परमाणु युद्ध तर्फ धकेलेको उत्तर कोरियाले आरोप लगाएको छ।

अमेरिकाको सिआईए(Central Intelligence Agency) र दक्षिण कोरियाको आईएस (Intelligence Service)ले आफ्नो सर्वोच्च  नेतालाई हत्या गर्ने योजना बनाएको सरकार नियन्त्रित मिडिया केसिएनएले जनाएको छ।

खबर  अनुसार अमेरिकी र दक्षिण कोरियाली एजेन्सीले सार्वजनिक कार्यक्रमको समयमा आफ्ना सर्वोच्च नेतालाई जैविक हतियार प्रयोग गरि हत्या गर्ने योजना बनाएका हुन।

‘किम’ नाम गरेको व्यक्तिलाई बायोकेमिकल हतियार सहित आफ्नो सर्वोच्च  नेता मार्न पैसा दिएको बारे उत्तर कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। ‘किम’लाई जैविक हतियार, रेडियोधर्मी पदार्थ र विषालु पदार्थ प्रयोग गर्न पठाइएको थियो जसको असर ६ वा १२ महिनापछि देखिनेगर्छ। केसिएनएले किम जोङ उनलाई सर्वोच्च नेता भन्दै सम्बोधन गरेको छ। र सर्वोच्च नेताको हत्या योजना नाकाम गरिएको बताएको छ। तर ती ‘किम’ नाम गरेको व्यक्ति को हुन, र यो योजना कसरी नाकाम गरियो खुलासा गरिएको छैन।

उत्तर कोरियाली मन्त्रालयले अमेरिका र दक्षिण कोरिया विरिद्ध ‘आतंककारी विरोधी’ आक्रमण सञ्चालन गर्ने प्रण समेत गरेको छ।

किम जोङ उनले दक्षिण कोरियामा आक्रमण गर्ने योजना बनाएको खबरका बीच दक्षिण कोरिया र अमेरिकालाई लिएर यस्ता आरोप लगाइएका हुन।