पशुहरुको छैटौँ इन्द्रिय निकै विकसित भएको हुन्छ, यसको कुनै ठोस आधार छैन तर विश्वास गरिदैँ आइएको छ । त्यसमा पनि कुकुर एक चनाखो र इमान्दार जनावर हो, जसलाई हामी माया गरेर परिवारको सदस्य जसरी पाल्छौ ।dog prohibition

प्राचिन कालदेखि नै कुकुर मान्छेको साथमै रहँदै आएको छ, त्यसैले कुकुरका केही यस्ता गतिविधि जसले हामीलाई भविष्यको बारेमा संकेत गर्छ । यस्तै कुकुरका केही गतिविधि हेरेर हामी सतर्क रहनुपर्छ ।

– यदि तपाईको घरअगाडि कुकुरहरुले समूह बनाएर बस्छन् भने यो शुभ संकेत नहुने बताइन्छ । यो तपाईको घरभित्र नकारात्मक शक्ति, कलह वा कुनै चिन्ताको संकेत हो भनिन्छ ।

– तपाई कतै शुभ कार्यमा जाँदै हुनुहुन्छ र कुकुर तपाईको अघि आएर कान फड्काउँछ भने यो तपाई जुन कामको लागि जाँदै हुनुहुन्छ त्यो काम नहुने वा कुनै समस्या वा कष्टको सामना गर्नुपर्ने संकेत हो ।

– मध्यान्नको समयमा यदि कुकुर आकाशतिर फर्केर भुक्छ भने यो खडेरी र प्राकृतिक आपत्को संकेत हो भनिन्छ ।

– कुनै कामका लागि जान लाग्दा कुकुर जमिनमा पुरै जिउ फालेर सुतेमा यो यात्रामा कष्ट सामना गर्नुपर्ने संकेत हो । कतै जाँदा सावधान भएर हिड्नु पर्ने संकेत दिएको बुझिन्छ ।

– यदि कुकुरले तपाईको घरको जुत्ता–चप्पल चोरेर भाग्छ भने यो आर्थिक संकट तथा आर्थिक नोक्सानीको संकेत मानिन्छ ।

– कुकुर घरको दैलो वा गेट छेउमा आएर रुन थाल्छ भने अशुभको संकेत मानिन्छ । यस्तो गतिविधि देखाएमा घरमा दुर्घटना तथा ठूला घटना हुने संकेत हो ।

– कुकुर आपसमा लडाई गरिरहे भने यो विवादको संकेत मानिन्छ । यस्तो अवस्थामा सोचेर मात्रै बोल्नुपर्छ भनिन्छ ।