१० फागुन, काठमााण्डौ ।

विश्वभर विभिन्न देवी देवताका मन्दिर छन् । सबै धर्मावलम्बिले आ–आफ्ना भगवानको मन्दिरमा नियमित पूजाआजा गर्छन् । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ कुकुरको पूजा गरिन्छ । भारतको झाँसी स्थित मउरानीपुर क्षेत्रमा यस्तो मन्दिर बनाइएको छ । मन्दिरमा एक कुकुरको मुर्ति स्थापना गरिएको छ ।

सो क्षेत्रका मानिसहरुले त्यहाँ नियमित पूजाआजा गर्छन् । मन्दिरमा माथी लेखिएको छ, ‘जय कुकुर महारानी’ । उक्त मन्दिरको बाटो भएर जाने सबै यात्री पनि केहीबेर रोकिएर शिर निहुराएर श्रद्धा प्रकट गर्छन ।

गाउँका महिलाहरु मन्दिरमा नियमित जल चढाउँछन् । स्थानीयको भनाइ अनुसार धेरै वर्ष पहिले त्यस स्थानमा एक कुकुरको मृत्यु भएको थियो । मृत कुकुरलाई स्थानीयले त्यही खाल्डो खनेर गाडे । केहिसमयपछि त्यो स्थान आफै ढुंगा बन्यो । त्यसपछि स्थानीयले मन्दिर नै बनाएर पूजा गर्न थालेका हुन् ।