एजेन्सी । सुन्दै अनौठो लाग्ने घटना कुकुरको टोकाइबाट राष्ट्रपतिका पुत्रको मृत्यु भएको छ ।

के तपाईसँग यस्ता आदत छन? जसले मस्तिष्कलाई खराब गरिरहेको छ !

गाम्बियाको निर्वाचित राष्ट्रपति आडमा बैरोका ८ वर्षीया छोराको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । कुकुरले टोकेपछि अस्पताल लाँदै गर्दा उनको मृत्यु भएको हो । तर, छोराको अन्तिम संस्कार राष्ट्रपति आडमा सहभागी हुन नसक्ने भएका छन् । उनी अहिले सेनेगलमा छन् ।

अघिल्लो साल आडमाले राष्ट्रपति जिते पनि याहया जामेदले पदबाट हट्न अस्वीकार गरेपछि गाम्बियामा तनावको स्थिति छ । आडमालाई रोक्नका लाागि बहालवाला राष्ट्रपति याहया सुप्रिम कोर्ट जाने तयारीमा छन् ।