‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्।

ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ।Black-Tea-and-Green-Tea

अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ।Tea leaves

ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक  ती एसिड घुलाइदिन्छ।

चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन।