१० साउन, महोत्तरी । जंगलमा कुहिएको अवस्थामा एक महिलाको शव आज प्रहरीले फेला पारेको छ । गौशाला नगरपालिका–१ स्थित जंगलको बीच भागमा शरीर पूरै सडेको अवस्थामा करिब २४ वर्षीया महिलाको शव प्रहरीले फेला पारेको हो ।

कुहेको र किरा फलेको अवस्थामा भेट्टाएकाले शव दुर्गन्धित भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शव परीक्षणका लागि जलेश्वर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । रासस