डा. जगन्नाथ अधिकारी सन १९८८ मा अष्ट्रेलियामा आइपुग्नु भएको थियो। त्यतिखेर अष्ट्रेलियामा नेपाली भेटिन्न्थ्यो। यतिखेर अष्ट्रेलियामा नेपाली नपुगेको कुनै ठाउँ छैन्।dr jagannath adhikari२८ वर्ष अगाडी उहाँ आउँदा अष्ट्रेलियामा नेपालीको उपस्थिति न्युन थियो। नेपाली साथीभाइ नभेटेर होटलमा बस्नु परेको थियो उहाँलाई। निकै कसरत गरेर सिड्नीमा एक जना नेपाली भेटेर बस्ने व्यवस्था भएको थियो त्यसबेला। अष्ट्रेलियाको प्रमुख शहर सिड्नी संरचनामा खासै परिवर्तन भएको होइन तर सिड्नी विस्तार भएको बताउने डा. अधिकारीसंग नेपाली हेडलाइन्स प्रतिनिधीको केही दिन अघि जम्काभेट भयो।

२८ वर्ष यता निरन्तर अष्ट्रेलिया र अष्ट्रेलियमा नेपाली गतिविधीलाई नियाल्दै आउनु भएका अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अशं।

अष्ट्रेलियाको बारेमा

australia facts 22 (1)अष्ट्रेलियामा बस्न सजिलो छ। शान्त पनि छ। सन १९८० पछि आप्रवासीलाई सहजताका साथ स्विकार(एकोमोडेट) गर्न थालियो । यहाँ काम गरेर पढ्ने वातावरण छ। छात्रवृतिको यतिसाह्रो संभावना नभए पनि कामै गरेर पढ्न सकिने अवस्था छ।

पढ्न आउने विद्यार्थीलाई पीआर लिन तुलनात्मक रुपमा सजिलो छ।

सुरक्षाको दृष्टिकोणबाट पनि अष्ट्रेलिया अब्बल हो। आउन सजिलो पनि छ। नेपालीको संख्या बढ्दै जाँदा नेपालीलाई सहजता बढ्दैछ।

वातावरण हिसावले अष्ट्रेलिया नेपाल भन्दा धेरै फरक होइन। नेपालीहरु यहाँको हावापानीमा सजिलै घुलमिल हुन सक्छन। समुन्द्रले नछोएको नेपाल जस्ता देशबाट आउनेलाई यहाँका सु्न्दर बीच(समुन्द्री किनार)ले आकर्षण गर्छ।

किन आउने अष्ट्रेलिया?
कहाँ जाने भन्ने आफ्नो आफ्नो रुचिको कुरा पनि हो। यहाँ जीवन सहज छ। धेरै कम्पिटिटिभ सोसाइटी होइन्। लिभिटङ स्टान्डर्ड राम्रो मध्ये एक हो। पढ्नलाई प्रशस्त च्वाइस पाइन्छ। केटाकेटीहरुलाई पढाउन सजिलो छ। सरकारी स्कुलहरु लगभग फ्रि छन्। हेल्थ केयर र बेसिक सोसल सेक्युरिटी छ। अष्ट्रेलियामा विकसित देशमा पाइने भनिएका सबै सुविधा उपलब्ध छन्। पढाई गर्न देखि व्यवसाय गर्न सम्मलाई अष्ट्रे्लिया राम्रो गन्तब्य बन्न सक्दछ । घुमघाम देखी समुन्द्री रहनसहन बुझ्नका लागि पनि अष्ट्रेलिया उपयुक्त स्थान हो।

कस्तालाई अवसर छ ?
यहाँको सरकारले ‘जब डिमान्ड’का आधारमा स्किलको अपेडट गर्दछ। त्यही स्किल भएका मानिसहरु आउँदा सहज हुन्छ। ती स्किल पनि वर्षैपिच्छै परिवर्तन भइरहेका हुन्छन्। एउटा विषयको संभावना देखेर पढ्दै गर्दा त्यो विषय अर्को वर्ष नहुने अवस्था पनि हुन्छ। परिवर्तनलाई आत्मसाथ गर्ने हिम्मत पनि चाहिन्छ ।

यदी अष्ट्रेलियामा परिवार वा साथीभाई पहिले नै छन् भने पक्कै पनि सजिलो हुन्छ। केही गर्न चाहने र त्यही अनुसार मेहनत गर्न कस्नेलाई अष्ट्रेलिया नराम्रो पक्कै छैन् बरु अवसर प्रशस्त छन्।

रेसिजम बारेमा
नेपालीहरु यहाँको मुख्य सोसाइटीसंग मिक्स भएर बसेको देखिदैन। धेरै नेपाली आफ्नै समुहमा बस्न रुचाएको देखिएको छ। त्यसैपनि हुन सक्च यहाँ रेसिजम देखिने स्तरमा छैन्। यद्पी ससान घट्ना नसुनिएका होइन्।

नेपालीको पहिचान
ठाउँ अनुसार नेपालीको पहिचान र उपस्थिती फरक छ। क्यानबेरा तिर प्रोफेसनल बढि छन् । ठुला शहरमा क्लिनिङ लगायतका लेबर काममा धेरै नेपाली छन्। समग्रमा पुरै अष्ट्रेलियामा नेपालीहरु प्रोफेसनल ज्यादै कम र ननप्रोफेसनल काममा धेरै छन्।

नेपालीहरु अनुशासित र इमान्दार भएका कारण धेरै ठाउँमा रुचाइएका छन् । यसकारण उनिहरुाई काम पाउन त्यति गाह्रो छैन् र पहिचान बनेको छ। नेपालीको काममा ब्याड इम्रेपसन परेको छैन् । नेपालीहरुले अष्ट्रलियामा उपस्थिती निरन्तर बलियो हुँदै गएको देखिन्छ।

अष्ट्रेलियाका आउनु अघि..
अष्ट्रेलिया आउनु अघि अंग्रेजी भाषामा मेहनत गर्नु अत्यन्तै जरुरी छ। केही स्किल हुनैपर्छ। जे पनि काम गर्न तयार हुने मानसिकता बनाएकै राम्रो हुन्छ। पेशा एकदमै परिवर्तन हुन्छ, तीब्र परिवर्तनलाई ‘कोप’ गर्ने क्षमता हुनु आवश्यक छ।

अरु भाषा र सस्कृति भएकासंग घुलमिल हुन सक्नेले अझ फाइदा लिन सक्दछन्। बोल्न सक्ने, आफ्नो कुरा राख्ने सक्ने, कुरा राख्न नडराउने बानी उपयोगी हुन्छ।

‘रुल्स र रेगुलेसन’लाई मान्ने र तीनलाई गम्भिरताका साथ लिने बानी बसाल्नुपर्छ ।