के तपाईको पर्सनल अकाउन्ट ह्याक भएको छ ? के तपाईलाई थाहा छ, अकाउन्ट ह्याक हुनुका कारण ? यदि छैन भने जान्नुहोस्, सामाजिक सञ्जाल अकाउन्ट ह्याकिङसम्बन्धि केही जानकारी ।

hacking

यसरी थाहा हुन्छ अकाउन्ट ह्याक भएको – यदि तपाईको ट्विटर, फेसबुक वा इन्टाग्राम अकाउन्टमा एकाएक अपशब्द लेखिए, असमान्य क्रियाकलाप देखिएमा सम्झनुहोस्, तपाईको अकाउन्ट ह्याक भयो । त्यस्तै, तपाईको फ्रेन्ड फलो वा अनफलो हुन थाल्छन् । यदि तपाईको अकाउन्ट लग–इन भइरहेको छैन, पासवार्ड परिवर्तन गर्न मिलिरहेको छैन भने पनि तपाईको अकाउन्ठ ह्याक भएको हुनसक्छ ।

यस्तो अवस्थामा के गर्ने – यदि तपाईको अकाउन्टको पासवर्ड, युजरनेम वा कन्ट्याक्टआदि परिवर्तन भएमा ट्विटरले तपाइको ई–मेलमा यस सम्बन्धि जानकारी पठाउँछ । यसले पासवर्ड रिसेट गर्छ र नोटिफिकेशन पठाउँछ । यदि सम्भव भए यस्तो अवस्थामा तत्कालै आफ्नो अकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस् । यदि पासवर्ड बदल्न सकिरहनु भएको छैन भने ट्विटर सपोर्टमा गएर पासवर्ड रिसेट रिक्वेस्ट आग्रह गर्ने ।

सचेत रहनुहोस् – कडा पासवर्ड राख्नुहोस् ताकि अन्यले अनुमान गर्न नसकुन् । एउटै पासवडै धेरै अकाउन्टमा प्रयोग नगर्नुहोस् । यदि तपाई कुनै एप्समा ट्विटर अकाउन्टको प्रयोग गरिरहनु भएको छ भने पनि अकाउन्ट ह्याक हुनसक्छ ।

यी विश्व चर्चित हस्तिहरुको अकाउन्ट ह्याक – विश्वका ठूला–ठूला हस्तिहरुको अकाउन्ट ह्याक भइसकेको छ, जस्तै, अमिताभ बच्चन, रजनीकान्त, रितिक रोशन, शाहिद कपूर, जस्टिन बीबर, कायली जेनर, ट्रेलर स्विफ्ट, मार्क जुकरबर्ग, लाना डेल रे, डोनाल्ड ट्रंप, ब्रिटनी स्पीयर्स, सेलेना गोम्स आदि ।

यो पनि पढ्नुस्:
आफ्नो अनलाइन पासवर्डलाई सुरक्षित राख्न चाल्नैपर्ने ६ कदम
यसरी सजिलै पत्ता लगाउन सकिन्छ अन्यको जिमेल पासवर्ड
२७ करोड इमेलको पासवर्ड लिक, ह्याक भएकोबारे यसरी जाँच गर्न सकिने
अमेरिकी ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’: प्रतिवेदन