शारीरिक कसरतले शरीरको क्यालोरी बर्न गरेर शरीर र मन सन्तुलित राख्ने हामी सबैलाई थाह छ। शारीरिक व्यायाम व्यक्ति आवश्यकता अनुसार हुनुपर्दछ। जस्तो कि मुटु स्वस्थ राख्न, कार्डियोभास्कुलर मुभमेन्ट जस्तै दौडने, पौडीखेल्ने गर्नुस्। यी कसरतले स्वस्थ राख्न मद्धत गर्छ तर के यी कसरत गर्ने क्रममा रोमाञ्चकता वा रमाइलोपना पनि उस्तै हुन्छ र?

के सेक्स अर्थात शारीरिक सम्पर्क शारीरिक कसरत जस्तै फाइदाकारी हुन्छ? रोमाञ्चकता तथा रमाइलोपना संगै यसले शरीर र मनलाई कसरतले झै सकारात्मक प्रभाव पार्ने सक्छ? उत्तर हो, सक्छ। दशकौंसम्म विभिन्न खोज तथा अनुसन्धानले सेक्सलाई मध्यम खालको कसरत बताउँदै आएको छ।

कति क्यालोरी बर्न गर्छ?

एउटा जोडीको सेक्स ५.४ मिनेट देखि ९ मिनेटसम्म कायम रहन सक्छ। फोरप्ले सहित यो समय २० मिनेट वा त्यो भन्दा पनि लामो समयसम्म हुनसक्दछ। यो क्रममा कति क्यारोली बर्न हुन्छ त?

सन् २०१३ मा अमेरिकी अनुसन्धानकर्ताले स्वस्थ जोडी सेक्स गर्दा खर्च हुने क्यालोरी मापन गरेका थिए। यसबाट थाहा भयो कि एउटा सामान्य सेक्सले शरीरमा ८५ क्यालोरी बर्न गर्छ। २०-२५ मिनेट सामान्य गतिमा दौडदाँ यति नै शक्ति खर्च हुन्छ। तर पक्का हो कि, दौडदाँको सन्तुष्टी र सेक्सको सन्तुष्टीमा भने आकास जमिनको फरक हुन्छ।

सेक्सले तपाइको पार्टनरलाई नजिक ल्याउँछ, अर्थात सम्बन्ध सुमधुर बनाउन मद्धत गर्छ। यसले गर्ने फाइदा यतिमा मात्र सिमित छैन। कार्डियोभास्कुलर रेस्पोस्ट सुधारेर मुटुलाइ फाइदा गर्छ, ब्लड प्रेसर कम गर्छ अनि रोग प्रतिरोध क्षमता बढाउँछ।

शारीरिक मात्र होइन यसको मानसिक फाइदा पनि उति नै छ। सेक्सको क्रममा सेरोटोनिन, डोपामिन, नोरेपिनेफ्रिने र अक्सिटोसिन जस्ता न्युरोट्रान्समिटरहरुको उत्पादनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

सहजता
सेक्सलाई सबैभन्दा सजिलो घरभित्रै गर्न सकिने कसरत भन्न सकिन्छ। चाहे जस्तो मौसम होस् फरक पर्दैन। धेरै अनुसन्धानले देखाउँछ कि जिम गएर क्यालोरी बर्न गर्नु भन्दा सेक्स रोज्ने महिला तथा पुरुष अत्याधिक छन्।

अवधि बढाउने
सेक्सको बेफाइदा भनेको कसरत झै यो लामो समय टिकाउन सकिदैन। तर फोरप्लेको समय बढाएर यसको अवधि बढाउन सकिन्छ जसले धेरै क्यालोरी वर्न गर्न सकिन्छ।

तर यसो भन्दैमा शारीरिक कसरतलाई सेक्सले रिप्लेस भने गर्न मिल्दैन।

किन?
पुरुषको शरीरले वीर्य उत्पादन गर्न सोचेभन्दा बढी शक्ति खर्च गर्छ। अत्याधिक वीर्य निस्काशन गर्नु अर्थात अधिक सेक्स गर्नु भनेको शरीरलाइ बढी भन्दा बढी भार पार्नु हो। यदि राम्रो खानापिना छैन र निस्काशन भएको वीर्य उत्पादन गर्न शरीरसंग आवश्यक शक्ति हुँदैन भने यसले थुप्रै शारीरक र मानसिक समस्या निम्त्याउँछ। त्यसैले यसबारेमा सचेत भएर स्वस्थ अनि सन्तुलिन सेक्स लाइफ कायम राख्नु पर्दछ।