१३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोईरालाले टिकापुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आइतबार बिहान टिकापुर घटनामा मृत्यु भएको प्रहरी तथा दुई बर्षे बाललको परिवारसंग छलफल गर्दे प्रधानमन्त्री कोईराराले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

pm angry

यो पनि हेर्नुस्

कैलाली घटनामा प्रधानमन्त्रीलाई समेत कारबाही हुन सक्छः सुजाता कोइराला

प्रधानमन्त्री संगको भेटमा पिडित परिवारले दोषी खुलमखुल्ला हिडिरहेको भन्दै तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए ।

को हुन् कैलाली घटनाका मुख्य योजनाकार चौधरी ?

साथै उनीहरुले दोषीलाई अन्तराष्ट्रिय अदालतमा लैजानुपर्ने माग गर्दे न्याय दिलाउन पनि माग गरेका छन् ।

को को हुन् कैलाली घटनाका शुत्राधार, यी नेता घटनापछि गायव छन्

प्रधानमन्त्री कोईरालाले प्रहरीको बलिदान त्यसै खेर नजाने समेत बताए। उनले नेपालमा चाडै संबिधान जारी हुने र त्यसपछि मुलुकअमन चयन तर्फ अघि बढ्ने समेत बताए ।

कैलालीको टीकापुरमा दुई वर्षीय बालक सहित आठ प्रहरीको निर्ममतापूर्वक हत्या भएको थियो । घटनाको सर्वत्र बिरोध भएको छ ।