१३ भदौ, काठमाडौं ।

कैलालीको घटनामा ज्यान गुमाएका डेढ वर्षीय बालकका परिवारले दोषीलाई कडा कारवाही गर्न प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी उनीहरुले नियोजित रुपमा बालक टेबहादुर साउदको हत्या गरिएको भन्दै हत्या गर्ने र हत्या गर्न उक्साउने दुवैलाई कारवाहीको माग गरेको हो ।

pm-koirala

उनीहरुले बालकलाई बालसहिद घोषणा गर्न, परिवारलाई राहत दिन माग राखेका छन् ।

प्रधानमन्त्री कोइरालाले हत्यामा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिँदै गठन गरिएको छानविन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कार्वाही गरिने आश्वासन दिए ।

कैलालीको टीकापुरमा गत सोमबार घटनामा वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र डेढ वर्षीय बालक साउदको ज्यान गएको थियो ।