१८ असोज, काठमाडौं । हालै पार्टी प्रवेश गरेकी गायिका कोमल वलीलाई नेकपा एमालेले प्रदेश सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ को बैठकले ५ नम्बर प्रदेशसभाको सदस्यका लागि प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको हो । वली केही समय अघि राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् ।

उनी रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिएकी हुन् ।