यदि तपाई पटक–पटक भुल्ने बानी पर्नु भएको छ भने खानपानमा ध्यान दिनुपर्ने बेला आएको छ । हामी तिर्खा लागेमा पानीको साटो कुनै कोल्ड ड्रिग्स अर्थात्, गुलियो पेय पदार्थलाई छान्छौ, जुन हाम्रो लागि खतरा बन्दै गइरहेको छ ।

एक अध्ययनका अनुसार, गुलिया पेय पदार्थ हाम्रो स्मरण शक्तिका लागि खतरा हुन्छ । यस अध्ययनमा गुलियो पेय पदार्थले स्ट्रोक अथवा डिमेन्सिया(मष्तिस्कलाई कमजोर पार्दै लाने रोग) हुने खतरा रहन्छ, साथै यस्ता गुलिया पेय पदार्थले स्मरण शक्तिमा पनि नकारात्मक असर पुर्याउँछ ।
यस अध्ययनलाई दुई वटा पत्रिकामा प्रकाशित गरिएको थियो ।

‘अल्जाइमर्स एण्ड डिमेन्सिया’ नामक पत्रिकामा गुलियो पेय पदार्थको सेवन गर्नेमा स्मरण शक्ति खराब, दिमागको आयतनमा कमि र हिप्पोकैम्पस(मस्तिष्कमा रहेको एक भाग जसले सिक्ने र सम्झने काम गर्छ) छोटो हुन्छ । त्यस्तै, ‘स्ट्रोक’ नामक पत्रिकामा जो व्यक्ति दैनिक सोडा पिउने गर्छन्, उनीहरुमा स्ट्रोक र डिमेन्सियाको खतर पनि बढी रहन्छ, जहाँ जो व्यक्ति यस्ता पेय पदार्थ पिउँदैनन्, उनीहरुमा यसको खतरा तीन गुणा कम हुने उल्लेख गरिएको छ ।