एजेन्सी।

गर्मी बढ्दैछ, त्योसंगै बजारहरुमा चिसो पेय पदार्थको बिक्रि बढ्दो छ। तर के यस्ता कोल्ड ड्रिङ्क्स स्वास्थ्यको लागि फाइदजनक छन् ?

इंगल्याण्डका एक चिकित्सा विशेषज्ञ निरज नाइकले एक अध्ययनमा कोकलगायतका कोल्ड ड्रिंक्स पिएपछि एक घन्टासम्म शरीरमा कस्ता असर देखिन्छ पत्ता लगाएका छन्।

१. कोल्ड ड्रिंक्सको २०० मिलीलिटरको बोतलमा लगभग १० चम्चा चिनी हुन्छ । जुन सामान्य रुपमा एक व्यक्तिको दिनभरको खाना बराबर हुन्छ । जसले गर्दा रगतमा चिनीको मात्रा बढ्दै जान्छ ।

२. कोल्ड ड्रिंक्स पिएको ४५ मिनेटसम्म शरिर तथा दिमागमा उत्पादन हुने डोपामाइनको कारण मस्तिष्कमा आनन्द महशुस हुन थाल्छ ।

३. ५० मिनेटपछि आमाशयमा क्याल्सियम, म्याग्नेसियम र जिंक जम्मा हुन थाल्छ भने पिसाबमा क्याल्सियमको मात्रा बढ्दै जान्छ ।

४. ४५ मिनेटपछि हड्डीको लागी आवश्यक क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम लगायतका तत्वहरु पिसाबसंगै बाहिर निक्लिन्छन् ।

५. चिसो पेय पदार्थ पिएको १ घण्टापछि शरिरमा भएको तरल पदार्थ, मिनरल्स तथा पौष्टिक तत्वको मात्रा सकिएपछि हिडाइड्रेसन हुन थाल्छ । शरिरमा पानीको मात्रा कमी हुन थाल्दछ।

६. कोक तथा अन्य कोल्ड ड्रिंक्समा चिनीको मात्रा बढि हुने भएकोले शरिरमा क्यालोरि बढ्दै जान्छ र मोटोपन बढ्छ । विशेष गरी मधुमेह विरामीको लागि यस्ता पेय पदार्थ नखादाँ नै उचित हुन्छ।

७. यसमा सामान्य पानीको तुलनामा कैयौ गुना बढि अम्लिय गुण हुन्छ । जसको कारण ग्याट्रिकको समस्या बढ्छ । अत्याधिक मात्रामा कोक पिउनाले अल्सरको सम्भावना समेत बढ्दै जान्छ ।

८. यस्ता पेय पदार्थमा कार्वनडाईअक्साइड प्रयोग गरिएको हुन्छ । जसको कारण स्वास्थ्यमा नकारात्मक असर पर्दै जान्छ ।