प्रविधिको यो जमानामा चर्चित बन्न केवल एउटा फोटो वा भिडियो नै काफी हुन्छ। अनि सामाजिक सञ्जालका प्रयोगकर्ताको क्रेजले सो चर्चामा थप आगो बाल्छ। यस्तै भयो आइपिइएल २०१९ को फाइनलमा।

मुम्बइ इन्डियन्स र चेन्नइ सुपर किङ्ग्स बिचको फाइनल म्याच हेर्न पुगेकी सन् २०१८ कि भारतकी मिस डिभा सुप्रानेसनल अदिती हुन्डियाको तस्विरले इन्टरनेटमा राम्रै चर्चा पायो।

अदिती हुन्डिया फेसन र ग्लामरको संसारमा चिरपरिचित अनुहार हो। सन’ २०१७ को मिस इन्डिया प्रतियोगितामा मिस इन्डिया राजस्थानको ताज पहिरिएपछि ग्लामर जगतमा उनको यात्रा सुरु भएको थियो।

पछि उनले मिस डिभा २०१८ को ताज जितिन अनि पोल्याण्डमा भएको मिस सुप्रानेशनल प्रतियोगितामा पनि भाग लिइन।

यो भन्दा पनि अघि सन् २०१६ मा नै इलाइट मिस राजस्थानमा भागलिएर सुन्दर आँखा र सुन्दर शरीरको टाइटल समेत उनले जितेकी थिइन।