एजेन्सी ।

क्यानडाको ओन्ट्रियो शहरमा सयौं महिला कपडा खोलेर विरोधमा उत्रिएका छन् । कपडा खोलेर साइकल चलाएका ३ स्त्रीलाई पुलिसले रोकेपछि सयौं महिला कपडा खोलेर सडकमा आएको विविसीले जनाएको छ ।

तमीरा, नादिया र अलीशा मोहम्मदलाई माथिको कपडा नलगाइकन साइकल लगाएको भेटेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । गर्मी भएर कपडा खोलेका ती तीन बहिनीलाई रोकेको बिरोधमा महिलाहरु कपडा खोलेर सडकमा आएको बताइएको छ ।

canada nude women march 1क्यानडामा १९९६ मा एक फैसला गर्दै अदालतले महिलाहरुलाई माथिल्लो भागमा कपडा नलगाइकन सार्वजनिक स्थलमा जान अनुमति दिएको थियो ।

canada nude women march

उनीहरुले प्लेकार्डमा ‘यो स्तन हो बम होइन । शान्तिसँग रहनुस्’ लेखेका थिए । त्यसैगरी अर्को प्लेकार्डमा “नग्नता कामुकता होइन” लेखिएको थियो ।

nude nari dibas

यो प्रदर्शनमा एक चर्चित गायिका समेत सहभागी भएकी थिइन् ।

भिडियो हेर्नुस्