२० मंसिर, काठमाडौं । बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो । khadhya

बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित उत्पादन बिक्री गरेको अध्यनले देखाएको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मदन चापागार्इंले खानेपानी, दुग्धजन्य पदार्थ, तेल, घिउ, खाद्यान्नमा बढी मिसावट पाइएको जानकारी दिए । “बजारमा बढीमात्रामा खाद्यान्न तथा पेयपदार्थमा मिसावट हुन्छ,” उनले भने, “चार महिनामा दूषित उत्पादन गर्ने २२ उद्योगलाई कारबाही गरिएको छ ।” दूषित खाद्यान्न तथा पेयपदार्थको उपभोगले स्वास्थ्यमा झाडापखाला, आउ, जन्डिस, अल्सरदेखि क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ ।

विभागका अनुसार प्रशोधित खानेपानीमा पीएच९अम्लियपन०को मात्रा घटबढ, हानिकारक सूक्ष्म जीवाणु, प्रशोधन नगरिकन वितरण गर्ने जस्ता समस्या देखिने गरेको छ । पानीमा पीएचको मात्रा ०।५ देखि ०।८ भन्दा घटबढ हुन नहुने मापदण्ड भए पनि बजारमा वितरण हुने अधिकांश ब्रान्डको पानी धेरै समस्या देखिएको छ ।

विभागको अनुसन्धानले शुद्ध दूधमा कोलिफर्मको मात्रा धेरै, कास्टिक सोडा प्रयोग र एसएनएफको मात्रा कम देखाएको छ ।

विभागका अनुसारमा दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत र एसएनएफ ९चिल्लो बाहेकको दूधमा ठोस पदार्थ०कोमात्र आठ प्रतिशत हुनुपर्ने मापदण्डअनुरूप नभएको विभागको अनुसन्धानले देखाएको छ । दूधमा कोलिफर्म फोहोर, दिसा–पिसाब गाईवस्तुको मलमुत्र, फोहोर पानीको प्रयोगले देखिन्छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ ।