१५ असार, काठमाडौं ।

नेपाली काङ्ग्रेसका प्रभावी नेता खुमबहादुर खड्कालाई एक व्यक्तिले एसएमएस गरी मार्ने योजना बनाएको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागि परेको छ ।

मोदीले नेपालमा विकाशको उचाइ चाहन्छन्- ‘कूटनीतिको दुई वर्ष’

उपचारका निम्ति भारत जानु भएका खड्का गत शनिबार साँझ स्वदेश फर्कनुभएको थियो र उहाँ फर्किनु भएकै भोलिपल्ट आइतबार एनसेलको नम्बर प्रयोग गरी खड्काका स्वकीय सचिव रामेश्वर यादवको नम्बरमा कसैले आपत्तिजनक एसएमएस पठाएको हो एसएमएसमा लेखिएको छ, “आज खुमबहादुरलाई मार्ने प्लान भईरहेको छ, बचके रहो” ।

khum-bahadur-khadka1

फाइल तस्बिर

उक्त व्यहोराको सन्देश हत्याका योजनाकार मध्येकै कसैले धम्क्याउनका लागि पठाएको हो या खड्कालाई सचेत गराउनका निम्ति यसो गरिएको हो स्पष्ट हुन सकेको छैन । नम्बर प्रयोगकर्ताको गिरफ्तारीपछि मात्र यसको रहस्योद्घाटन हुने अपेक्षा राखिएको छ । नेपालाई हिन्दू राष्ट्र बनाइनुपर्छ भनी राष्ट्रिय अभियान चलाउँदै आउनु भएका खड्का २०६३ को राजनीतिक परिवर्तनयता भौतिक रुपमा असुरक्षित रहँदै आउनु भएको छ ।

केपी ओलीलाई के थाहा !

०६४ को संविधानसभा निर्वाचनअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हत्यायोजना बनाएको जानकारी खुमबहादुर खड्कालाई छ । चुनावी मैदानमै माओवादीका नाममा घातक हमला भएपछि खड्का मैदानबाट पछि हट्नुपरेको थियोे । उक्त घटना तात्कालिक सरकारको नियोजित योजनामुताबिक भएको नेता खड्काको विश्वास छ ।

उक्त घटना तात्कालिक सरकारको नियोजित योजनामुताबिक भएको नेता खड्काको विश्वास छ । अहिले माओवादी कमजोर भइसकेको, गिरिजाप्रसाद कोइरालाको निधन भएको र कृष्ण सिटौला आफैं रक्षात्मक अवस्था रहनुभएको बेला खड्कालाई कसले किन हत्या गर्ने प्लान ग¥यो र किन एसएमएस नै पठाएर जानकारी गराउने काम गर्‍यो भन्ने विषय रहस्यमयी बनेको छ । प्रहरीले एसएमएसकर्ताको पहिचान गरी पक्राउ गर्न सकेमा वास्तविकता खुल्ने विश्वास गरिएको छ ।

घटना र विचार साप्ताहिकबाट