हिन्दु धर्ममा कुनै पनि शुभ काम गर्नुभन्दा पहिला गणेश भगवानलाई याद गरेर पूजा गर्नाले त्यस कामको फल मिल्ने विश्वास गरिन्छ। तर भारतमा एउटा यस्तो मन्दिर छ, जहाँ हरेक शुभ काम गर्नुभन्दा अगाडि त्यहाँ विराजेका गणेश भगवानलाई चिट्ठि पठाउने चलन चल्दै आएको छ। राजस्थानको ‘सवाई माधौपूर’बाट लगभग १० किलोमिटरको दूरीमा ‘रणथंभौर’ भन्ने ठाउँमा अवस्थित उक्त गणेश मन्दिर यसै चलनको लागि प्रसिद्ध रहेको छ। त्यहाँका बासिन्दाहरू घरमा कुनै पनि मांगलिक कार्य गर्नुभन्दा अगाडि रणथंभौरका गणेश भगवानको नाममा कार्ड पठाउन कहिल्यै भुल्दैनन्।Ganesh Temple of Rajasthan (1)

हुलाकबाट पठाइन्छ गणेश भगवानलाई चिट्ठी…

आफ्नो घरमा जस्तोसुकै शुभ कार्य आयोजना गर्न लागेको होस्, त्यहाँ बसोबास गर्ने बासिन्दाहरू लगायत देशका अन्य ठाउँका धर्मावलम्बीहरूले पनि रणथंभौरका गणेश भगवानलाई चिट्ठि पठाउने गर्छन्। खामा ठेगाना लेखिएको हुन्छ- “श्री गणेश जी, रणथंभौरको किल्ला, जिल्ला- राजस्थान”Ganesh Temple of Rajasthan (3)

हुलाकीले पनि ती चिट्ठिहरूलाई एकदम सम्मानका साथ पवित्र गरी मन्दिरमा पुर्याइदिन्छन्, जहाँ पुजारीले सबै चिट्ठिहरूलाई गणेश भगवानको मूर्तीको चरणमा राखिदिन्छन्। मान्यता यो छ कि यस मन्दिरमा गणेश भगवानलाई निमन्त्रणा पठाउनाले आफ्नो सबै कामको राम्रो फल पाइन्छ।

यसरी भएको थियो मन्दिरको स्थापना…Ganesh Temple of Rajasthan (2)

उक्त मन्दिर करीब १०औँ शताब्दीमा रणथंभौरका तत्कालीन राजा ‘हमीर’ले निर्माण गरेको विश्वास गरिन्छ। युद्धका दिनहरूला राजा हमीरको सपनामा गणेश भगवान आएर विजयी हुने आशिर्वाद दिएका थिए र फलस्वरूप उनले युद्ध जितेका हुनाले उनले त्यहाँ गणेशको मन्दिर स्थापना गरेको विश्वास गरिन्छ।

यो पनि हेर्नुहोस्-
विश्वका सबैभन्दा ठूला १० हिन्दु मन्दिर
पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?
मन्दिर जानैपर्ने १० वैज्ञानिक कारण
गणेशजीको टाउको हात्तीको? तर कसरी?