कुशल श्रेष्ठ

जाडो महिनाको ठिहिर्याउँदो चिसोको अन्त्य सँगै अब बिस्तारै गर्मी मौसम सुरु हुँदै गर्दा भाइरल इन्फेक्सरन, रुघाखोकी, ज्वरो जस्ता समस्या आउनु भनेको स्वाभाविक कुरा हो। यस्तो बेलामा हामीले आफ्नो तथा परिवारको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ। विशेष गरी जसको स्वास्थ्य स्तर पहिल्यै देखि नाजुक छ अनि जसको प्रतिरक्षा क्षमता कमजोर छ, उसले सबैभन्दा बढि ख्याल राख्नुपर्ने हुन्छ।Summer-Car-Care

पृथ्वीमा ग्लोबल वार्मिङको खतरा विश्वभरी नै चासोको विषय बन्न पुगेको छ। अनि जलवायु परिवर्तनले गर्दा पृथ्वीको उत्तरी धुर्वबाट बरफ पग्लिएर समुन्द्रमा मिस्सिने क्रम पनि बढ्दो छ। साथै विभिन्न आधुनिक उद्योग तथा कारखानहरूबाट निस्कने कार्बनडाइअक्डाइड, कार्बनमोनोअक्साइड लगायत अन्य हरितगृह ग्याँसको असरले वायुमण्डलबाट ओजोनको पत्र पनि पातलिँदै छ। जसको कारण सूर्यबाट आउने हानिकारक परावैजनी किरणहरू सजिलै पृथ्वीको वायुमण्डलबाट छिर्न सक्दछ। यसैले गर्दा पृथ्वीमा गर्मीको मात्रा वर्षैपिच्छे बढ्दै गएको सबैले याद गरेकै कुरा हो। यस्तो बेलामा बाहिर घाममा हिँड्दा पनि आफ्नो विशेष ख्याल राख्नुपर्ने हुन्छ।

यसै सन्दर्भमा रहेर आज हामी तपाईँहरूलाई केहि महत्वपूर्ण टिप्स दिन गैरहेका छौँः

१. फ्लूबाट बच्नुहोस्

मौसम परिवर्तन सँगै अधिकांशलाई सिजनल फ्लूले सताउने गर्दछ। कतिपयको त घाँटि खसखस गर्न थालिसक्यो होला। यस्तो बखतमा हेलचेक्र्याईँ गर्नु मूर्खता, किनभने यहि सानो खसखसले पछि ठूलो रूप लिन सक्दछ। त्यसैले पानी पिउँदा, बाहिरको खाना खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। अझ राम्रो उपाय त के हुन्छ भने;

  • आफ्नै साथमा तातो पानी लिएर हिँड्नुहोस्।
  • रुघाखोकीको सङ्केत देखिन थालेको छ भने अदुवा पानी अथवा जिरा पानी तताएर पिउनुहोस्।
  • सफा पानीलाई उमालेर त्यसमा थोरै भिक्स अथवा ‘सञ्चो’ राखी बाफ लिनुहोस्।
  • पिरो, मसालेदार खानेकुराको सट्टा ताजा र रसिलो फलफूल खानुहोस्।Think Positive
(फ्लुबाट बच्न प्रतिरक्षा प्रणालीमा ध्यान दिनुहोस्!!)
२. ज्वरो आउँदा नआत्तिनुहोस्

गर्मी महिना सुरु हुने बेला अधिकांश बालबालिका तथा नवजात शिशुलाई साधारण ज्वरोले सताउन सक्दछ। तर यत्तिकैमा आत्तिहाल्नुपर्ने जरुरी छैन। किनभने ज्वरो आउनु भनेको राम्रो कुरा हो। शरीरभित्र प्रवेश गरेका विभिन्न किसिमका ब्याक्टेरियाहरूलाई प्रतिरक्षा प्रणालीले रोक्न नसकेपछि शरीरको तापक्रम बढाएर ती ब्याक्टेरियाहरूलाई मार्ने प्रक्रियामा ज्वरो आउँछ।Baby-fever

त्यसैले बालबालिकालाई ज्वरो आउँदा मेडिकलको औषधी खुवाइहाल्नु पनि उचित हुँदैन। बरु उनीहरूको प्रतिरक्षा प्रणालीलाई सुधार्नको लागि तपाईँले विशेष जोड दिनुपर्दछ।

त्यसैले शिशुलाई ज्वरो आउँदा के गर्ने थाहा पाउन यो पढ्नुहोस्ः

३. मास्क लगाउनुहोस्

अर्को कुरा भनेको काठमाडौँ लगायत अन्य शहरहरूमा बोसबास गर्नेहरूले बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने गर्नुहोस्। सवारी साधनको कोलाहल, भू-कम्पले ग्रस्त शहर अनि पुनर्निमाण हुँदै गरेको सडकबाट अधिकांश धुँवा-धूलो निस्कने गर्दछ। जसको कारण पुरै शहर नै कुहिरीमण्डल हुन जान्छ। त्यसैले बाहिर हिँड्दा मास्क लगाएर हिँड्नु अत्यावश्यक हुन्छ।High-quanlity-Disposable-50-Pcs-Dental-Medical-font-b-Surgical-b-font-Dust-Ear-Loop-Face

कपडाको टाइट मास्क लगाउँदा स्वासप्रश्वासमा बाधा पुग्न सक्छ, बरु त्यो भन्दा हलुका, खुकुलो अनि सास फेर्न सजिलो हुने खालको मास्क लगाउनु उचित हुन्छ। बजारका अधिकांश मेडिकलहरूमा केवल १० रुपैयाँमा नै ‘पेपर मास्क’ पाइन्छ, यस पेपर मास्क लगाउन सजिलो हुन्छ, कान पनि दुखाउँदैन, सास फेर्न यति सजिलो हुन्छ कि तपाईँले मास्क लगा’को छु भनेर चाल पनि पाउनुहुन्न, अनि फेरि यसबाट बाहिरको धुँवा र धूलो छिर्न पनि मुश्किल पर्दछ।

४. घर वरिपरिको वातावरण सफा राख्नुहोस्

जाडो महिनामा कम तापक्रमले गर्दा फोहोर कुहिने प्रक्रिया सक्रिय हुन पाइरहेको हुँदैन, जसले गर्दा कम दुर्गन्ध आउने गर्थ्यो। तर अब दिनानुदिन बढ्दो तापक्रमले ती फोहोरको कुहिने क्रम पनि बढ्ने गर्छ, जसले गर्दा दुर्गन्ध अनि त्यसबाट विभिन्न किसिमका कीटाणुहरू फैलन थाल्दछ। त्यसैले आफ्नो घर-समुदाय वरिपरि फोहोरहरू जम्मा भएका छन् भने त्यसलाई कसरी हुन्छ सबै मिलेर पाखा लगाइहाल्नुपर्छ, ताकि आफ्नो तथा समुदायको स्वास्थ्यमा कुनै नोक्सान नपुगोस्।Take-Action-to-Help-the-Environment-(Kids)-Step-13

५. लामखुट्टे बाट बच्नुहोस्

अब बिस्तारै लामखुट्टे पनि प्रजनन प्रक्रियामा लाग्दैछन्। त्यसैले आफ्नो घर वरिपरी फोहोर पानी जमेको छ अथवा लामखुट्टे पैदा हुन सक्ने ठाउँहरू छन् भने त्यसलाई सफा गरिहाल्नुपर्दछ। मलेरिया लगायतका लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट बच्न घरवरिपरि सरसफाईमा ध्यान दिनुपर्छ।

हाल विश्वभरी नै ‘जिका भाइरस’को प्रकोप भैरहेको त सायद सबैलाई अवगत नै होला। ब्राजिल हुदैँ अमेरिका र युरोपका केही देशमा पनि भेटिएको जिका भाइरस लामखुट्टेबाट सर्ने गर्छ। त्यसैले अबका दिनहरूमा लामखुट्टेबाट बच्न हामी सबैले विशेष ख्याल राख्नुपर्ने हुन्छ।Zika Virus Red Alert

(जिका भाइरसको बारेमा केहि प्रश्न, जसको उत्तर तपाईँले अझसम्म पाउनुभएको छैन)
(जिका भाइरसबाट अन्य थुप्रै घातक समस्या आउने अनुसन्धानबाट देखियो)
६. लामो- बाहुला भएको लुगा लगाउनुहोस्

बाहिर घाममा हिँड्दा गर्मी भयो भनेर छोटो-बाहुला भएको लुगा लगाएर हिँड्ने भूल नगर्नुहोस्। पृथ्वीको वायुमण्डललाई सूर्यको विकिरणबाट बचाइराख्ने ओजोन पत्र पातलिँदै छ। त्यहि भएर यो वर्षको घामले विगतका वर्षहरूमा भन्दा बढि पोलेको तपाईँले महशुस गर्न सक्नुहुनेछ। अनि घामबाट आएको हानिकारक विकिरणलाई हाम्रो नरम र नाजुक छालाले सहन मुश्किल पर्दछ। जसको कारण छाला सम्बन्धी रोग लगायत क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ। त्यसैले बाहिर हिँड्दा लामो-बाहुला भएको लुगा लगाएर हिँड्नु बुद्धिमानी हुन्छ।

साथै घाममा कालो लुगा लगाएर नहिँड्नुहोला, किनकी कालो रङ्गले घामको ताप र किरणलाई बढि सोस्दछ र तपाईँलाई बढि गर्मी गराउँदछ। त्यो भन्दा सेतो रङ्गको लुगा लगाउनु उचित हुन्छ, सेतो रङ्गको कपडाले शीतल गराउनुको साथै घामको सबै किरणलाई परावर्तन गर्दछ र तपाईँलाई सुरक्षित राख्दछ।

७. माइग्रेन र उच्च रक्तचापको दुःख

गर्मी महिना भनेको माइग्रेन र उच्च रक्तचापबाट पीडित व्यक्तिहरूको लागि नर्कसरह हुन जान्छ। माइग्रेन हुँदा यसै त चर्को प्रकाश र चर्को आवाजले सताउने गर्छ, त्यसमाथि अब त झन् मौसम नै गर्मी हुन थालिसक्यो, माइग्रेन हुनेहरूको लागि दुःखका दिनहरू आउँदैछन्। त्यसैले, माइग्रेन पीडितहरू जति पनि छन्, एउटा राम्रो सुझाव के छ भन्दा, बाहिर हिँड्दा छाता ओढेर हिँड्ने गर्नुहोस्, कालो चस्मा लगाउनुहोस् अनि सेतो रङ्को लुगा लगाउनुहोस्।Migraine Art (1)

साथै उच्च रक्तचाप हुनेहरूलाई गर्मी मौसमको घाम र तापले बढि रिस उठाउने, पसिना छुटाउने अनि तिर्खा लगाउने समस्या ल्याउँदछ। त्यसैले साथमा रसिलो फलफूल अनि सफा पानी लिएर हिँड्नु उचित हुन्छ। गर्मीले उद्दुम गरायो भन्दै कोल्ड ड्रिङ्क्स पिउनु पनि राम्रो हुँदैन। माइग्रेन हुनेहरूले पनि यो कुरामा विशेष ध्यान दिनुपर्दछ।

(टाउको फुट्ला जस्तो गरी दुख्छ? माइग्रेन पो भयो कि?)
(रक्तचाप घटाउन दैनिक खानैपर्ने ५ खानेकुरा)