प्रत्यके बिरुवाले हाम्रो जीवनमा आफ्नै महत्व राख्छ, जस्तै घर भित्र राखिने मनी प्लान्ट । मनी प्लान्टले घरको शोभा बढाउँछ नै, साथै यो धन आगमनको सूचक पनि हो । यस्ता मनी प्लान्टलाई यदि गलत दिशामा राखिएमा धन आउनको सट्टा खर्च बढ्छ । त्यसोभए जान्नुहोस्, घरमा मिनी प्लान्टलाई राख्ने सही दिशा कुन–कुन हो ?

दक्षिण–पूर्वी दिशामा – वास्तुशास्त्र अनुसार मनी प्लान्टको पुरा लाभ उठाउनका लागि दक्षिण पूर्वी दिशा उत्तम हुन्छ । यस दिशाका देवता गणेश हुन्, जसको प्रतिनिधिनी शुक्र हो । गणेशले अमंगलको नाश गर्छ, भने शुक्रले सुख–समृद्धि ल्याउने काम गर्छ । त्यसैले मनी प्लान्टलाई घरको दक्षिण पूर्वी दिशामा राख्नु उचित हुन्छ । यस दिशामा राख्नाले परिवारका सदस्यहरुमा सकारात्मक ऊर्जा आउँछ ।

money-plant1

राख्न नहुने दिशा उत्तर पूर्वी – मनी प्लान्टका लागि उत्तर–पूर्वी दिशा सबैभन्दा नराम्रो मानिएको छ । किनकि, उत्तर–पूर्वी दिशाको प्रतिनिधि देवगुरु बृहहस्पति मानिएको छ र त्यसमा शुक्रमा शत्रुवत सम्बन्ध हुन्छ । त्यसैले शुक्रसँग सम्बन्धित विरुवाहरुलाई उत्तर–पूर्वी दिशामा राख्न नोक्सान हुने बताइन्छ । यद्यपी, यस दिशामा तुलसीको विरुवा भने राख्न सकिन्छ । पूर्व वा पश्चिम दिशामा पनि मनी प्लान्ट राख्न राम्रो मानिँदैन, किनकि यसले पति–पत्निबीच मधुरता नरहने तथा तनावले भरिएको हुन्छ ।

केही यस्ता मान्यता छन्

– मनी प्लान्टलाई बुधवारको दिन रेवती नक्ष्त्रमा राख्नुपर्छ ।

– मनी प्लान्टको हाँगा वा पातलाई जमिन तिर झर्न नदिनुहोस्, डोरीले बाध्नुहोस् ।

– मनी प्लान्टलाई घरबाट बाहिर नराख्नुहोस् । यसलाई घरभित्रै राख्नु शुभ मानिन्छ ।

– मनी प्लान्टलाई दिन–दिनै पानी दिनुपर्छ ।

– मनी प्लान्टको पात सेतो हुनु अशुभ मानिन्छ ।

यो पनि पढ्नुस्

अरुको यी ६ चिज कहिल्यै प्रयोग नगर्नुहोस्, आर्थिक संकट पर्छ

शास्त्र भन्छ, यी ५ कामपछि अवश्य नुहाउनुपर्छ

यी तीन व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगर्नुस्

वास्तु शास्त्रः पर्समा राख्नुस् यी ५ कुरा कहिल्यै हुँदैन खाली

 यो दिशामा मनी प्लान्ट राखे धन लाभ, यस्तो भए अशुभ