१३ भदौ, काठमाडौं ।

आज देखि गाइजात्रा शुरु भएको छ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रालाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ ।

यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्य–मुख्य सहरमा मनाउने गरिन्छ ।
Manoj Gajurel Gaijatra 2गाइजात्रा सांस्कृतिकरुपमा मात्र नभएर राजनीतिक ब्यङ्ग्यका लागि पनि नेपालमा चर्चित छ । गाइजात्रामा सबैलाई गाली गर्न पाइने मान्यता नेपाली हास्य ब्यङ्ग्य क्षेत्रमा भने राजनीतिक ब्यङ्ग्य सबैभन्दा बढी प्रचलनमा छ ।

वर्षेनी फरक फरक अवतारमा प्रस्तुत हुने कलाकार मनोज गजुरेलले यस पटक डिभी र पिआर लिने कर्मचारीको सातो लिएका लालबाबु पण्डित विशेष प्रहसन दिने संकेत गरेका छन् ।

Manoj Gajurel Gaijatra 1

मनोज गजुरेलले फेसबुकमा आफ्ना लालबाबु अवतार सहितका तस्विर समेत सार्वजनिक गर्दै केही डाइलग समेत सार्वजनिक गरेका छन् ।

मनोजले तस्विर सहित सार्वजनिक गरेका डाइलग यस्ता छन्ः

‘पिआरसंग पोइल जाने कर्मचारीकालागी म कालबाबु हुँ,
डिभीसंग डेटिङ् गर्ने प्रहरी/प्रशासककालागी म अकालबाबु हुँ
कानुनसंग हनिमुन मनाउने हाकिमकालागि म त्रिकालबाबु हुँ
देशसंग डिभोर्स दिने सचिब/मन्त्रीकालागि महाकालबाबु हुँ !’

उनले यस पटकको गाइजात्रामा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ‘असामान्य मन्त्री लालबाबु पण्डित’ शीर्षकमा प्रहसन गर्ने जानकारी दिएका छन् । असामान्य मन्त्री बनेका मनोजले यस पटक कत्तिको बजार तताउलान त्यो भने हेर्न बाँकी छ ।

Manoj Gajurel Gaijatra 3

मनोजले अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेर भारतीय सञ्चार माध्यममा समेत हेडलाइन बनेका थिए ।

तस्विरः  मनोज गजुरेलको फेसबुकबाट