२८ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिको निर्णयअनुसार मन्त्रालयले प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठको नाम सिफारिस गरेको हो।

यसअघि गृहमन्त्री जनार्दन शर्माको पालामा ७ जना एआइजी दरबन्दी भएकामा  ४ दरबन्दी थपेर ११ पुर्याइएको थियो।